FAQs Complain Problems

फोटो ग्यालरी

गैंडाकोट नगरपालिकाको आगामी आ.व २०७४/७५ को पुर्व सन्धाया आयोजित पुर्व योजना तर्जुमा गोष्ठी गैंडाकोट नगरपालिका वडा नं.११ स्थित मुकुन्दपुर खानेपानी कार्यालयको सभाहलमा  मिति २०७३ मंसिर ६ गते सोमबारका दिन गैंडाकोट नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्री श्रीकृष्ण नेपाल ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रममाथि प्रकाश पार्दै ईञ्जिनियर सुमन कोईरालाले टुक्रे योजना भन्दा पनि ठुला योजना छनौट गर्न साथै वडा नागरिक मञ्चबाट सम्पुर्ण योजनाहरु छनौट गरि नगरपालिकाबाट हुने वडा भेलामा समावेश गर्नुहुन सम्पुर्ण नगरबासिलाई आग्रह गर्नु भयो र नगरपालिकबाट आगामी आ व का लागि अनुमानित बजेटको पनि प्रस्तुत गर्नु भएको थियो ।

पुर्व योजना तर्जुमा गोष्ठी २०७३, पुर्व योजना तर्जुमा गोष्ठी २०७३, पुर्व योजना तर्जुमा गोष्ठी २०७३, पुर्व योजना तर्जुमा गोष्ठी २०७३

गैडाकोट नगरपालिकाको कार्यालयद्धारा अागामी अा व २०७३ ७४ देखि लागुहुने गरि एकीकृत सम्पति कर लागु गर्ने सन्दर्भमा २०७२ फाल्गुण १६ गतेका दिन एक दिने अभिमुखिकरण कार्यक्रमको अायोजना गरेको छ ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिका कार्यालयका राजश्वा शाखा प्रमुख श्री लिलाराज खरेल ज्यू ले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि गैंडाकोट नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बद्रीप्रसाद तिवारी ज्यूले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको अध्यक्ष्ता गैंडाकोट नगरपालिकामा गठीत एकीकृत सम्पति घर जग्गा कर सम्वन्धि गठित समितिका संयोजन श्री गोपाल प्रसाद गौतम ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ईञ्जिनियर सुमन कोईरालाले गर्नुभएको थियो।

, , , ,

Pages