FAQs Complain Problems

परिचय

गैंडाकोटको परिचय

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९  डिग्री अक्षांश र ८४.३९१२ ( Google नक्सामा हेर्नुहोस ) डिग्री देशान्तरमा अवस्थित रहेको छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ । गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ (जनगणना २०६८) ।

गैंडाकोट नगरपालिकाको समग्र विकासको अवस्थालाई देहायका ४ खम्वाको आधारमा प्रस्तुत गरिएको छ ।

१) आर्थिक विकास

क) पर्यटन

यस नगरपालिकाका प्रमुख धार्मिक, साँस्कृतिक पर्यटकीय स्थलहरुमौलाकालिका मन्दिर (वडा नं. १) , कैलाश सन्यास आश्रम (वडा नं. १३), श्रीलक्ष्मी नरसिंह दिव्यधाम (वडा नं. १), लक्ष्मीनारायण मन्दिर (वडा नं. १), गैंडाकट्टा शिला (वडा नं. ९), मणि मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा (वडा नं. ९), नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज लगायतका रहेका छन् ।

ख) उद्योग/व्यवसाय/सहकारी

नगरभित्र साना ठुला गरी २७८ वटा उद्योगहरु रहेका छन । नगरभित्र ८ वटा क वर्गका बाणिज्य बैंक, ७ वटा ख वर्गका विकास बैंक, एउटा फाईनान्स, ७ वटा लघुवित्त संस्थाहरु संचालित छन भने देशकै उत्कृष्ट मध्येका विकू, किसान, गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था सहित २३ वटा बचत तथा ऋण सहकारी संस्था, ७ वटा कृषि र ३ वटा दुग्ध गरी १० वटा उत्पादक सहकारी संस्था, ३ वटा उपभोक्ता/सेवा सहकारी संस्था र ४ वटा बहुउद्देश्यीय सहकारी संस्था गरी४० वटा सहकारी संस्थाहरुको संचालनबाट नगरको आर्थिक गतिविधि चलायमान रहेको छ । यस नगर भित्र करिब २६०० व्यवसाय दर्ता गरि संचालनमा रहेका छन ।

ग) कृषि

यस नगर भित्र कृषक समूह ९६ वटा र कृषि सहकारी ७ वटा दर्ता भई संचालन रहेका छन । यहाँ धान, सुन्तला, मकै र केरा पकेट क्षेत्र रहेका र कृषि, पशु उत्पादनमा आत्मनिर्भर छ । समथर उर्वर खेतियोग्य भूमि र केही पहाडी खण्ड रहेको यस नगरपालिकामा सुन्तला देखि तर्बुजा फल्ने स्थान छन् । बाह्रै महिना मकै फल्ने हुँदा पूर्व पश्‍चिम यात्रा गर्नेहरुका लागि पोलेको मकैका लागि प्रख्यात हुदैछ ।

घ) पशु सेवा

यस नगरमा दैनिक ३३,००० लिटर दुध र १८८ मेट्रिक टन वार्षिक मासु उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गाई, भैसी, बाख्रा, भेडा सुंगुर जस्ता पशु, लेयर्स, ब्रोईलर, स्थानीय जातका कुखुरा र माछा फर्म संचालन गरि कृषकहरु आत्मनिर्भर हुदै गएका छन् । पशु संख्या ५१,००० र ८०,००० पंछीहरु रहेका छन् ।

२) सामाजिक विकास

क) शिक्षा

यस नगरपालिकामा ३५ वटा सामुदायिक,२२ वटा संस्थागत, ३ वटा धार्मिक, ४ वटा सामुदायक सिकाइ केन्द्र र ३६ वटा बाल विकास केन्द्र रहेका छन् । सामुदायिक विद्यालयमा २५७ शिक्षक दरवन्दी र ११,३९१ विद्यार्थी रहेका छन् । संस्थागत विद्यालयमा विद्यार्थी संख्या ११,१२२ रहेका छन् ।

ख) स्वास्थ्य

१ प्रस्तावित नगर अस्पताल,१ आयुर्वेद औषधालय, ३ वटा स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य ईकाई, रहेका छन् र जम्मा ७९ जना स्वास्थ्यकर्मी  र ४१ जना महिला स्वास्थ्य स्यमसेविकाबाट सेवा प्रवाह भैरहेको छ । निजि क्षेत्र तर्फ २१ वाट स्वास्थ्य संस्था रहेका छन् । प्रत्येक सामुदायिक माध्यमिक विद्यालय (१० वटा) मा १ विद्यालय १ नर्स कार्यक्रम आ.व. २०७७/७८ देखि संचालनमा रहेको छ । नगरपालिकाको आफ्नै व्यवस्थापनमा घरघरबाट उठाई फोहर डम्पिङ्ग गर्ने र पुर्ने गरिएको छ ।

ग) सामाजिक सुरक्षाको विवरण

आ.व. ०७७/७८ को तेस्रो चौमासिकको विवरण

घ) न्यायिक समिति

यस आर्थिक बर्षमा न्यायिक समितिमा दर्ता भएका उजुरीः ४९ रहेका छन् । साथै मेलमिलाप( सहभागी) भएका- २४ र २५ वटा उरुरीहरु वडामा छलफल प्रक्रियामा रहेका  छन् ।

ङ) महिला बालबालिका

२०७७/०९/२३ सम्म वितरण गरिएका अपाङ्गता परिचय-पत्रको विवरण

क्र.स.

   क वर्ग

  ख वर्ग

    ग वर्ग

घ वर्ग

 जम्मा

महिला

पुरुष

महिला

पुरुष

महिला

पुरुष

महिला

पुरुष

 

 

४७

५१

११६

१५८

४१

६४

३३

४३

 

जम्मा

  ९८ जना

२७४ जना

 १०५ जना       

   ७६ जना

५५३जना

आ.व. ०७४/०७५ देखि आ.व. ०७७/०७८ सम्ममा वितरण गरिएका जेष्ठ नागरिक परिचय-पत्रको विवरण

क्र.सं.

महिला

पुरुष

जम्मा

कैफियत

९०८

९४८

१८५६

२०७७/०९/२४

 

३) पूर्वाधार विकास

यस नगर क्षेत्र भित्र राष्ट्रिय राजमार्ग बाहेक कालोपत्रे ३२ कि.मी., ग्रावेल ३६ कि.मी., कच्ची ३४ कि.मी., गोरेटो १५ कि.मी. सडक पूवाधार निर्माण गरिएको छ । पक्की पुल १ वटा, झोलुङ्गे ४ वटा रहेका छन् । करिव १०० घर बाहेक सबै परिवारमा विद्युत सेवा पुगेको छ । पहाडी बस्ति रहेको वडा नं. ३ र १८ का केही घरमा बाहेक सबै घरपरिवारमा स्वच्छ खानेपानीको व्यवस्था रहेको छ । यस नगरपालिकाको १ तिहाई भू-भाग वनजंगलले ओगटेको छ ।

 

४) सुशासनको विकास

नगर कार्यपालिकाको कार्यालय अन्तर्गत ९ शाखा र ९ उप-शाखा रहेका छन् । १८ वटा वडा कार्यालय संचालनमा छन् । यस नगर भित्र कार्यरत कर्मचारीहरुको संरचना निम्नानुसार रहेको छ ।

तह

प्रकार

समूह

अधिकृत स्तर

२९

स्थायी

९६

प्राविधिक

९८

सहायक स्तर

१२०

करार

६१

अ-प्राविधिक

८०

श्रेणी विहिन

२९

ज्यालादारी

१३

 

 

जम्मा

१७८

 

सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग ‍बढाउदै लगिएको छ । उपभोक्ता समितिबाट संचालन हुने योजनाको लागि योजना सफ्टयोयर संचालनमा छ । सुशासनका लागि भएका प्रयासहरुमा नागरिक वडा पत्र, सूचना पाटी, गुनासो पेटिका, सि.सि. क्यामेरा जडान लगायत रहेका छन् । प्राविधिक र अ-प्राविधिक सबै कर्मचारीहरुलाई क्षमता विकास तालिम र अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिएको छ । सबै सूचनाहरु नगरको वेवसाईटमा प्रकाशन गरिन्छ । विजय एफ, एम, रेडियो संकेत र मुकुन्दसेन टेलिभिजन लगायत अनलाईन संचार माध्यमहरु जनतालाई सूशुचित गर्न क्रियाशिल छन ।

 

५) आ.व. २०७७/७८ को बजेट- रु ७२ करोड ३२ लाख

क्र.सं.

शिर्षक

संघीय

प्रदेश

आन्तरिक

समानीकरण अनुदान

१६ करोड १७ लाख

१ करोड २८ लाख

-

शशर्त अनुदान

२९ करोड ६५ लाख

-

-

समपुरक अनुदान

-

१ करोड

-

विषेश अनुदान

२ करोड ८० लाख

-

-

राजश्‍व वाँडफाँड

१० करोड ८५ लाख

१ करोड १५ लाख

-

आन्तरिक राजश्‍व

-

-

६ करोड १० लाख

घर जग्गा रजिष्ट्रेशन

-

-

३ करोड

गत आ.व. को मौज्दात

-

-

३० लाख

जम्मा

५९ करोड ४७ लाख

३ करोड ४४ लाख

९ करोड ४० लाख

 

६) अवसर एवं संभावना

  1. नारायणी र कालीगण्डकी नदीमा जलयात्रा र नदी किनारमा मनोरञ्जन स्थल निर्माणको उच्च सम्भावना छ । प्रसिद्ध तिर्थस्थल देवघाट र त्रिवेणीबीच नारायणी नदीको साना जहाज र मोटरबोट जलयात्राले जोड्ने संभावना रहेको छ, यसले गर्दा गैंडाकोट नगरपालिकाको नारायणी तटमा River Beach प्रर्वद्धन गर्न सकिन्छ ।
  2. मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलास सन्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने ।
  3. नेपालको मध्य तराईभागमा पर्ने यस नगरको वीचबाट पूर्व पश्‍चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट आदि नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकोले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना रहको छ । नजिकको ठूलो शहर भरतपुरको लाभ लिन र असल अभ्यास सिक्न सकिने ।
  4. मौलाकालिका मन्दिर जाने केवुलकार बन्ने क्रममा रहेको, जीप फ्लायर रक क्लाइम्बिङ, राफ्ट्रिङ, बोटिङ जस्ता आधुनिक साहसिक पर्यटन प्रवर्द्धन गर्न मिल्ने स्थानहरूको उपलब्धता रहेको ।
  5. चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे  गैंडा, बाघ, भालु, मयूँर लगायतका जीवजन्तुको अवलोकन र पर्यापर्यटनको आनन्द लिन सकिने ।
  6. बार्है महिना मकै फल्ने उर्वर भूमिरहेको कृषि र पशु पालन ब्यवसायको प्रचुर संभावना र बजारको सहज पहुँचको अवस्था रहेको ।
  7. सबै जातजाती, भाषा भाषी, धर्म संस्कृति बीच धार्मिक र सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता रहेको ।
  8. Smart City को कार्यान्वयन प्रारम्भ भएकोले यहाँका नागरिक,अर्थतन्त्र, सेवा सुविधाको स्तर अभिवृद्धि गर्न सकिने ।
  9. नेपाल विश्वविद्यालय स्थापनाको चरणमा रहेकाले उच्च शिक्षाको लागि केहीहद सम्म विदेश जानु नपर्ने अवस्थाको सिर्जना हुने ।
  10. जडीबुटि, वनजंगल, सिमसार, नदी र सार्वजनिक जमिनले समृद्धिको आधार प्रदान गरेको ।
  11. बौद्धिक सम्पत्तिको धनि र नागरिकहरुमा उच्च चेतनाको स्तर रहेको ।