FAQs Complain Problems

सूचना तथा समाचार

नक्सा पास सम्बन्धमा गैंडाकोट नगरपालिकाको सूचना :
१. नक्सा पास गर्न आउदा जसको नाममा नक्सा पास गर्ने हो स्वयम् उपस्थित हुनुपर्नेछ ,
२. आफू उपस्थित हुन नसकेमा मनासिब कारण सहित आफ्नो घरको नातेदारले नाता खुल्ने प्रमाण पनि अनिवार्य रुपमा पेस गर्नु पर्नेछ,
३. असम्बन्धित ब्यक्तिले ल्यायको नक्सा पास सम्बन्धि कार्य गरिने छैन ,
४. हप्तामा दुई दिन मंगलबार र बिहिबार मात्र नक्सा पास सम्बन्धि कार्य गरिनेछ ,
अध्यक्ष यबम् कार्यकारी अधिकृत 
गैंडाकोट नगरपालिका

गैडाकोट नगरपालिकाको कार्यालयद्धारा अागामी अा.व २०७३/७४ देखि लागुहुने गरि एकीकृत सम्पति कर लागु गर्ने सन्दर्भमा २०७२ फाल्गुण १६ गतेका दिन एक दिने अभिमुखिकरण कार्यक्रमको अायोजना गरेको छ ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिका कार्यालयका राजश्वा शाखा प्रमुख श्री लिलाराज खरेल ज्यू ले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि गैंडाकोट नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बद्रीप्रसाद तिवारी ज्यूले प्रकाश पार्नु भएको थियो साथै कार्यक्रमको अध्यक्ष्ता गैंडाकोट नगरपालिकामा गठीत एकीकृत सम्पति घर जग्गा कर सम्वन्धि गठित समितिका संयोजन श्री गोपाल प्रसाद गौतम ज्यूले गर्नुभएको थियो र कार्यक्रमको सहजिकरण ईञ्जिनियर सुमन कोईरालाले गर्नुभएको थियो।

LGCDP को तर्फबाट न.पा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत

लिखित परिक्षा सम्वन्धि सुचना

गैडाकोट नगरपालिकामा कर्मचारी पदपुर्तीको लागि लिखित परिक्षा सम्वन्धि सुचना

Pages